महर्जन सर्वोत्कृष्ट वडाध्यक्ष घोषित, ‘स्थानीय सेवा गौरव पुरस्कार-२०८१’बाट सम्मानित

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश महर्जनलाई 'स्थानीय सेवा गौरव पुरस्कार- २०८१' प्रदान गरिएको छ । काठमाडौँ महानगरपालिकाको ३०औं महानगर दिवस र महानगर सभाको १६औं अधिवेशनको अवसरमा सर्वोत्कृष्ट वडाअध्यक्ष घोषित भएका हुन् ।
उत्कृष्ट कार्य सम्पादन, विकास निर्माण र वडाको समग्र प्रगतिमा उनले पुर्याएको योगदानलाई कदर गर्दै काठमाडौँ महानगरपालिकाले स्थानीय सेवा गौरव पुरस्कार-२०८१ पदकसहित नगद १ लाख रुपैयाँले सम्मान गरिएको हो ।
पुरस्कार ग्रहण गरेपछि महर्जनले खुशी व्यक्त गर्दै भनेका छन्, “यो सम्मान वडा नं ४ का स्थानीयवासीको सहयोगको परिणाम हो । सम्पूर्ण वडावासी, जनप्रतिनिधि, यस वडामा काम गर्ने कर्मचारीलाई हार्दिक नमन छ । यो सम्मानले कामप्रति थप ऊर्जा थपेको महसुस गरेको छु ।”
महर्जनको नेतृत्वमा वडा नं ४ मा विकास निर्माणका महत्वपूर्ण परियोजनाहरू सम्पन्न भएका छन् । उनको नेतृत्वमा पूर्वाधार सुधार, सामाजिक सेवामा पहुँच वृद्धि, र समग्र वडावासीको जीवनस्तर उकास्नका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया