निस्सासिएर मजदुरको ज्यान गयो

बैतडी- निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
यसअघि गत मङ्सिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो । कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया