चितवनबाट गोरखाको बारपाकसम्म मोटरसाइकल र्याली आयोजना हुने

काठमाडौं - हेल्दी राईडबारे जन चेतना जगाउने उद्देश्यका साथ चितवनबाट गोरखाको बारपाकसम्म मोटरसाइकल र्याली आयोजना हुने भएको छ ।
रोयल राईनो राईडर्स मोटरसाइकल क्लब चितवनको आयोजनामा अंग्रेजी नया वर्षको अवसर पारेर उक्त मोटरसाइकल र्यालीको आयोजना गरिएको आइतबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
उक्त मोटरसाइकल र्याली हेल्दी राईट र पर्यटन प्रवर्द्धन गर्ने सोचले आयोजना गरिएको रोयल राईनो राईडर्स मोटरसाइकल क्लब चितवनका उपाध्यक्ष मन्दीपमान श्रेष्ठले बताए । प्रत्येक अंग्रेजी वर्षमा नेपालको पहाडी क्षेत्रमा मोटरसाइकल र्याली जानेको गरेको उनले बताए । उक्त मोटरसाइकल र्यालीको आयोजनाबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने श्रेष्ठले बताए ।
मोटरसाइकल र्याली डिसेम्बर ३० तारिखमा चितवनको पर्यटकीय क्षेत्र मेघौलीको सारङ वाईल्ड लाईफ सेन्चसरी र डिसेम्बर ३१ मा मेघौलीबाट गोरखाको बारपाक जाने कार्यक्रम रहेको छ । उक्त मोटरसाइकल र्यालीमा नेपाल भुटान र भारतका १ सय ५० मोटरसाइकल राईडर्सहरु सहभागी रहने बताइएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया