सुशासन कायम गर्न प्रधानमन्त्री कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने

धनुषा - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् ।
प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए ।
दुई ठूला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा हरसम्भव प्रयत्न गरिरहेको बताए । महासचिव पोखरेलले विगतको तुलनामा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढङ्गले सेवा प्रवाह भएको बताए । साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया