मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

दक्षिण कोरिया विमान दुर्घटना: कम्तीमा १२० जनाको मृत्यु

काठमाडौँ  - दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । 

१८१ जना यात्रु सवार विमान दुर्घटनामा १२० को मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दक्षिण कोरियाको दमकल विभागले पनि यसको पुष्टि गरेको छ । 
 
विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ ।