माओवादी निकट विद्यार्थी संगठनमा फेरि विवाद, रोकियो मतगणना

काठमाडौं - विवाद भएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित भएको छ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भए पछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
गत असोज १० गते देखी सुरू भएको राष्ट्रिय सम्मेलन उमेर हद सम्बन्धी विवाद बढेपछि स्थगित भएको थियो । सो विवाद मिलाउनका लागि हिजो निर्वाचन गरिएको थियो तर त्यो पनि विवादमा परेपछि अन्तिम समयमा अनिश्चतकालका लागि मतगणना स्थगित गरिएको हो ।
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।
निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ । ‘गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने’ भन्दै सूचना जारी गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया