काजाकिस्तानमा भएको हवाई दुर्घटनामा पुटिनले मागे माफी

मस्को - काजाकिस्तानमा भएको हवाई जहाज दुर्घटनामा रूसी राष्ट्रपतिले माफी मागेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता काजाकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा परेको ‘दुःखद घटना’ भएको भन्दै अजरबैजानका समकक्षी इल्हाम अलिएभसँग माफी मागेका हुन ।
बुधबार अजरबैजानको राजधानी बाकुबाट रुसी गणतन्त्र चेचन्याको क्षेत्रीय राजधानी ग्रोज्नीका लागि उडेको उक्त विमान कजाकिस्तानतर्फ मोडिएर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो, जहाँ ३८ जना मारिएका थिए भने २५ भन्दा बढीको जिवितै उद्धार गरिएको थियो ।
शनिबार जारी एक विज्ञप्तिमा क्रेमलिनले युक्रेनी ड्रोन हमलाको कारण ग्रोज्नी नजिकै रुसी वायु रक्षा प्रणालीहरू फायर गरिरहेको अवस्थामा सो दुर्घटना भएको उल्लेख गरेको छ । तर, ती मध्ये एउटाले विमानलाई ठक्कर दियो दिएन भन्न सक्ने अवस्था नभएको जनाएको छ ।
‘भ्लादिमिर पुटिनले रुसी हवाई क्षेत्रमा भएको दुखद घटनाको लागि माफी मागेका छन् र पीडितका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,’ क्रेमलिनले उल्लेख गरेको छ, ‘त्यस समयमा, ग्रोज्नी, मोजडोक र भ्लादिका भकाजमा युक्रेनी मानवरहित हवाई सवारी साधनद्वारा आक्रमण गरिएको थियो र रूसी वायु रक्षा प्रणालीले यी आक्रमणहरूलाई जवाफ दिइरहेको अवस्था थियो ।’
अजरबैजान, कजाकस्तान र रुसका अधिकारीहरूले विमान खस्नुको कारणबारे अड्कलबाजी भइरहेकाले अनुसन्धान जारी रहेको जनाएका छन् । तर, यो सत्य हो कि अजरबैजानी अधिकारीहरूका अनुसार विमान मध्य हावामा ठोक्किएको भने लगभग पक्का जस्तै भएको छ, तर कस्ले विमानमा हमला गर्यो, त्यो भने अझै आधिकारिक रूपमा बाहिर आएको छैन ।
तर, अमेरिकाले भने ‘प्रारम्भिक संकेतहरूका अनुसार रूसी वायु रक्षा दुर्घटनाको लागि जिम्मेवार हुन सक्ने’ बताएको छ। पुटिनले सो दुर्घटनाप्रति माफी मागेर शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरे पनि जिम्मेवारी भने लिएका छैनन् ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_lBrCKXTaMV_iomirxeznoglpzgsgzuunddfgvb8hbzsrpmtrlladxkhk5c8qzbaexligzvs.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया