'जनयुद्ध'मा स्कूलबाटै भूमिगत भएका सुबोध : जो स्नातकोत्तर गरेर सांसद भएपछि भए दीक्षित

काठमाडौँ- सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संघीय संसद्, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य माधव सापकोटा सुबोध आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।
माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको 'जनयुद्ध'को उद्गमस्थलमध्ये एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतिदेवी पञ्चकन्यामावि कुविण्डेबाट हासिल गरेका थिए । तर तात्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनले माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत हुनुपरेको थियो । माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए ।
२०५२ साल माघ १८ गते उनी पढेको विद्यालयका शिक्षकलाई पक्राउ गर्न आएका सादा पोशाकका प्रहरीलाई स्थानीयले लखेटेपछि एक प्रहरीको ब्रह्मायणी खोलामा डुबेर मृत्यु भएको थियो । यस घटनापछि सम्पूर्ण कुविण्डे गाउँवासीलाई चौतारामा उपस्थित गराएर प्रशासनले धरपकड, चरम यातना र दमन सुरु गरेको थियो । यसै कारण एसएलसी दिन नपाउँदै माओवादीको भूमिगत राजनीतिमा सहभागी भएका थिए ।
'जनयुद्ध'का क्रममा शैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका उनी सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा पटक पटक गम्भीर घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि जनमुक्तिसेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए । उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आइए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले फेसबुकमा लेखेका छन्, 'आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ । कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्यो । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएरपछि टुटेको ओैपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिएँ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया