भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भुसालको आह्वान

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा भुसालले आफ्नो बिरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् ।
अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वानसमेत गरे ।
भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केहि गढबढ भएको महसुस आफुलाई भएकाले निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए ।
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिलानेलाई इश्र्याका कारण केहि दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।
मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापीत गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।
भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरुले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया