प्लेनमा मनाए सलमान खानले ५९औं बर्थडे

मुम्बई- बलिउड सुपरस्टार सलमान खान ५९औं जन्मदिन मनाएका छन् ।
सो अवसरमा सलमान खानका भाइ तथा निर्माता–अभिनेता सोहेल खानले सोसल मिडियामा उनको पूरा परिवारसँगै रहेको देखाएका छन् । जसमा विशेष युलिया वन्तुर पनि खान परिवारसँग विमानभित्र देखिएकी थिइन् ।
सोहेल खानले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फ्यानहरूलाई जामनगरमा आफ्नो परिवार र साथीहरूको उडानको झलक देखाएका छन् । सेयर गरिएको भिडियोसँगै सोहेलले क्याप्सनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे ब्रदर एण्ड आयत।’
आयत सलमान खानकी भान्जी र अर्पिता शर्मा–आयुष शर्माकी छोरीको नाम हो। सलमान खान र आयतको जन्मदिन एकैदिन हो । विमानभित्र परिवार र साथीभाइहरू च्याट गरिरहेको र बच्चाहरू गेम खेल्न व्यस्त देखिएका थिए ।
भिडियोमा घरका सबै मानिससँगै नजिकका साथीहरू पनि देखिएका छन् । जसमा रितेश देशमुख, जेनेलिया डिसुजा र युलिया वन्तुर थिए। भिडियोमा सलमानकी आमा सलमा खान र हेलेन अर्को छेउमा बसेको देखिन्छ । दिदीबहिनी अर्पिता शर्मा र अलविरा अग्निहोत्री पनि आफ्नो सम्पूर्ण परिवारसँग देखिएका थिए। यसका अलावा सोहेल खानका छोरा निर्वाण खान, अरबाज खानका छोरा अरहान खान पनि देखिएका थिए ।
खान परिवारले पनि २७ डिसेम्बरमा सलमानको ५९ औं जन्मदिन ठूलो धूमधामका साथ मनाइदिएका हुन् । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा अभिनेता आफ्नी भान्जीसँग केक काटिरहेको देखिएका थिए ।
सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ को टिजर २९ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म निर्माताहरूले भर्खरै फ्यानहरूसँग फिल्मको सलमान खानको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका थिए । ‘सिकन्दर’ सन् २०२५ को इदमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँग अभिनेत्री रश्मिका मन्दन्ना मुख्य भूमिकामा छिन् । यसअघि यो टिजर भाइजानको जन्मदिनमा रिलिज हुने भनिएको थियो तर पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनका कारण दुई दिनका लागि स्थगित गरिएको थियो ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया