मौलापुर नगरपालिकाले दिन्छ जनतालाई निःशुल्क बिजुली र पानी

रौतहट- रौतहटस्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत् महसुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ।
सम्पूर्ण करसँगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै स्थान बनाउन सफल मौलापुरले निःशुल्क विद्युत् कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत् महसुल बापत उक्त रकम बुझाएको हो।
मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रबार ३५ लाख बराबरको चेक नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए।
यही पुस, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत् मिटरहरूको महसुल भुक्तानी हुनेछ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत् महसुल बापत प्राधिकरण लाई बुझाएको अधिकृत साहले बताएका छन् ।
मौलापुर नगरपालिकाले नयाँ विद्युत् मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिएर निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरेको छ।
मौलापुर नगरपालिकामा रिना साहले मेयरको जिम्मेवारी पाएदेखि नै त्यहाँबाट पाउने सम्पूर्ण सुविधाका साथै बिजुली र पानी समेत निःशुल्क गरेकी छिन् ।

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

प्रतिक्रिया