शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

हुम्लामा हिमपात (तस्बिरहरू)

काठमाडौँ- हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । शनिबार बिहानैदेखि हुम्लामा हिमपात भएपछि हुम्लाको तापक्रम माइनरस ७ डिग्री छ ।

हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि हिमपात भइरहेको छ भने सिमकोटमा एक फिट जति हिउँ जमेको छ । 

उत्तर हुम्लाको नाम्खा गाउँपालिकाको लिमीका जाङ, हल्जी, तिल, यारी, मुचु, तुम्कोट, याङगार, याल्वाङ, चाला, केर्मी र हेप्कालगायतका बस्तीमा तीन फिटसम्म हिउँ जमेको छ । हिमपातसँगै ५ हजार २ उचाइको न्यालु लेखको बाटो बन्द हुँदा लिमीका स्थानीयवासी सदरमुकाम सिमकोट आउन सकेका छैनन् ।