बाहुबली निर्देशक राजमौलीको नयाँ फिल्ममा प्रियंका चोपडा देखिने

हैदाराबाद- बलिउड अभिनेत्री प्रियंका चोपडा ग्लोबल आइकन बनेकी छिन् । अहिले उनी अन्तर्राष्ट्रिय स्टार भइसकेका छिन् र पाइपलाइनमा धेरै हलिउड प्रोजेक्टहरू उनीसँग रहेका छन्। तर प्रियंकाका फ्यानहरू भने उनलाई बलिउडमा पुनरागमन गरेको हेर्न चाहन्छन् ।
यसैबीच प्रियंका चोपडाले दिएको एक अन्तर्वार्तामा बलिउडमा कमब्याक गर्न सक्ने संकेत दिएकी थिइन् र त्यस पछि ‘बाहुबली’ र ‘आरआरआर’ निर्देशक एसएस राजामौलीको आगामी फिल्म एसएसएमए २९ (प्रारम्भिक नाम) को लागि हलिउड अभिनेत्रीहरूसँग कुराकानी भइरहेको खबर आएको थियो । यस्तो अवस्थामा उनी १ हजार करोडको यो फिल्मको हिस्सा बन्न सक्ने अनुमान गरिएको थियो ।
अन्ततः यो समाचारले अहिले मेल खाएको छ । पिंकभिल्लाको एक एक्सक्लुसिभ रिपोर्ट अनुसार प्रियंका राजामौलीको यो मेगा बजेट फिल्मको हिस्सा हुने पक्का भएको छ । उसका अनुसार १ हजार करोडको यो फिल्मको कथा पहिलो अफ्रिकी जंगल साहसिक कथा हुनेछ, जसमा साउथ सुपरस्टार महेश बाबुले एक अन्वेषकको भूमिका निभाउनेछन्, जसमा भगवान हनुमानको विशेषता हुने जनाइएको छ ।
पिंकभिलाको रिपोर्ट अनुसार यो फिल्मको कास्टिङको काम लगभग पूरा भइसकेको छ । फिल्म २०२५ अप्रिलमा सुटिङको लागि तयारी अवस्थामा रहेको छ । यस फिल्ममा महेश बाबुको अपोजिटमा प्रियंका चोपडालाई कास्ट गरिएको छ, जुन फ्यानका लागि नयाँ जोडी हुनेछ । रिपोर्टका अनुसार फिल्म लेखनको अन्तिम चरणमा छ ।
राजामौली यस फिल्मको लागि महिला प्रमुखको रूपमा विश्वव्यापी अनुहार प्रस्तुत गर्न चाहन्थे र यसका लागि प्रियंका भन्दा राम्रो कोही हुन सक्दैन भन्ने निष्कर्षमा उनी पुगेका छन् । समाचार अनुसार पछिल्लो ६ महिनामा प्रियंकासँग राजामौलीले कयौं भेटघाट भएको थियो र अहिले यो बार्ता अन्तिम चरणमा पुगेको बताइएको छ ।
यो सँगै प्रियंका अब ६ वर्षपछि बलिउड फिल्ममा देखिने भएकी छिन् । यसअघि उनी फरहान अख्तर र जराया वसीमसँग फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन् । यो फिल्ममा प्रियंकाले दमदार एक्शन सिन गर्ने बताइएको छ । यसका लागि उनले तयारी पनि सुरु गरिसकेकी छन् ।
रिपोर्ट अनुसार फिल्म २०२६ को अन्त्यसम्ममा पूरा हुनेछ र यो मेगा बजेट फिल्म सन् २०२७ मा हलमा रिलिज हुनेछ । फिल्मको छायांकन अमेरिका, भारत र अफ्रिकाका लोकेशनमा हुने चर्चा छ ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया