जन्म दिनमा रनवीरलाई करण जौहरको फिल्म कोसेली

मुम्बई : ‘ब्यान्ड बाजा बारात’बा सुस्त सुरुवात गरेका रनवीर सिंह बलिउड फिल्म उद्योगका सबैभन्दा फुर्तिला अभिनेता मानिन्छन् । ‘असाध्यै मेहनती’ मानिने रनवीर खान युग पछिका सुपरस्टारको रुपमा पनि सम्बोधित हुने गरेका छन् ।
यिनै रनवीर आज जन्मदिन मनाइरहेका छन् । तर, जन्मदिनकै दिन उनलाई करण जौहरले भने फिल्म उपहार दिएको घोषणा गरेका छन् । ५ वर्षपछि निर्देशनमा फर्कन लागेका जौहरले रनवीर सिंह र आलिया भट्टको जोडीलाई लिएर ‘रक्की और रानीकी प्रेम कहानी’ नाममा फिल्म बनाउने घोषणा गरेका हुन् । फिल्ममा धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि महत्वपूर्ण भूमिकामा रहेने बताइएको छ ।
करणले ५ वर्षअघि ‘ए दिल है मुस्किल’को निर्देशन गरेका थिए । रनवीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्माको मुख्य भूमिका रहेको यो फिल्म पछि जौहर निर्माणमा मात्र सक्रिय थिए । उनले यो बीचमा विक्की कौसललाई लिएर ‘तख्त’ भन्ने फिल्म बनाउने घोषणा गरेको भए पनि उनले यो फिल्म थाँती राख्दै नयाँ फिल्मको घोषणा गरेका हुन् । यो फिल्मको सुटिङ सेप्टेम्बरबाट गर्ने तयारी जौहरको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया