मुटुका रोगी थिए मनमोहन सिंह, पटक-पटक गरिएको थियो बाइपास सर्जरी

नयाँदिल्ली- अल इन्डिया मेडिकल साइन्सेस (एम्स)मा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
मनमोहन सिंह धेरै रोगबाट पीडित थिए । उनको सन् २००९ मा बाइपास सर्जरी भएको थियो । पुर्वप्रधानमन्त्री सिंहको मुटुमा धेरै ब्लकेज भेटिएको थियो । सिंह मुटु सम्बन्धी रोगबाट पीडित थिए । उनले पहिलो पटक सन् १९९० मा बाइपास सर्जरी र सन् २००३ मा स्टेन्ट प्रत्यारोपणका लागि एन्जियोप्लास्टी पनि गरेका थिए । र, सिंहको पटकपटक बाइपास सर्जरी भएको थियो ।
बाइपास सर्जरी मुटुको कोरोनरी धमनीहरूमा रक्तसञ्चार सुधार गर्ने प्रक्रिया हो। यसलाई कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ वा हृदय बाइपास सर्जरी पनि भनिन्छ। यस शल्यक्रियामा बिरामीको शरीरको अर्को भागबाट स्वस्थ रक्तनलीको टुक्रा निकालेर अवरुद्ध धमनीको माथि र तल जोडिन्छ। यसले रगत र अक्सिजनलाई मुटुसम्म पुग्न अनुमति दिन्छ।
मुटुमा अवरोधका कारण रक्तसञ्चार राम्रोसँग हुन नसक्दा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । जसबाट धेरै फाइदा लिन सकिन्छ तर केही मानिसहरु बाइपास सर्जरी पछि सामान्य जीवन जिउन नसकिने विश्वास गर्छन्। आजकल मुटुको बाइपास सर्जरी हरेक उमेर समुहमा हुने गरेको चिकित्सक बताउँछन् । गलत खानपान, मोटोपना र उच्च रक्तचापका कारण पनि युवा युवतीहरू मुटुरोगको उच्च जोखिममा छन् । त्यसैले वृद्ध वृद्धाले मात्र मुटुको बाइपास सर्जरी गर्नुपर्छ भन्नु पूर्ण रूपमा गलत हो ।
मुटुको बाइपास सर्जरीले हृदयाघात जस्ता मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सक्ने तर पूर्ण रूपमा हटाउन नसकिने चिकित्सकहरू बताउँछन् । त्यसैले शल्यक्रिया पछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । नत्र जुनसुकै बेला मुटुको रोग बढ्न सक्छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_fwSu84Jc8h_hk7xomp2bqp0vvtkbflebhlek4gh4hmb6phydssrrqrvrz25mddkbkzvbah1.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया