पाकिस्तानी भूमिमा जन्मिएका थिए मनमोहन सिंह

नयाँदिल्ली- भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद त्यागेपछि उनी सक्रिय राजनीतिबाट टाढिएर बसेका थिए । प्रधानमन्त्री पद छाडेपछि मनमोहन सिंह आफ्नी श्रीमतीसँग बस्दै आएका छन् । सिंह र उनकी पत्नी श्रीमती गुरशरण कौरका तीन छोरीहरू छन् ।
पूर्वप्रधानमन्त्री सिंह निकै सादा जीवन बिताउन मन पराउने र कम बोल्ने गर्थे । आफ्नो सम्पत्तिको कुरा गर्दा उनीसँग कूल २५ करोड २३ लाख रुपैयाँको सम्पत्ति छ । राज्यसभामा दिएको शपथ पत्र अनुसार उनको दिल्ली र चण्डीगढमा पनि फ्ल्याट रहेको छ । शपथपत्रका अनुसार मनमोहन सिंहसँग कुनै ऋण थिएन ।
सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा गाउँमा भएको थियो । उनले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक पूरा गरे । त्यसपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट थप शिक्षा हासिल गरेका थिए ।
सन १९५७ मा उनले अर्थशास्त्रमा प्रथम श्रेणी सम्मान डिग्री हासिल गरेका थिए । त्यसपछि सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डिफिल गरेका हुन् ।
मनमोहन सिंह सन् १९७१ मा वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा सामेल भएका थिए । सन् १९७२ मा उनी अर्थ मन्त्रालयमा मुख्य आर्थिक सल्लाहकारमा नियुक्त भए ।
सिंह अर्थ मन्त्रालयको सचिव, योजना आयोगको उपाध्यक्ष, भारतीय रिजर्व बैंकका अध्यक्ष, प्रधानमन्त्रीका सल्लाहकार, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ । मनमोहन सिंह सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए । यो समय देशको आर्थिक संरचनाका लागि निकै महत्वपूर्ण मानिन्छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_lBrCKXTaMV_iomirxeznoglpzgsgzuunddfgvb8hbzsrpmtrlladxkhk5c8qzbaexligzvs.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया