जथाभावी भित्तेचित्र कोर्न पाइँदैन : मेयर शाक्य

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सर्वोचको आदेश र महानगरको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न नपाइने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकमा मगलबार सम्बोधन गर्दै मेयर शाक्यले निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएको बताउँदै बढी प्रचार गर्न आवश्यक नभएको बताए । त्यस्तै उनले आगामी निर्वाचनमा पनि भित्तामा कोरेर प्रचार प्रसार गर्न नदिइने घोषणा गरे । 'संघ र प्रदेशको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न दिइएन,' उनले भने, 'आगामी निवर्नचनमा पनि दिइने छैन ।
०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरू, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । कोभिड फ्रन्टलाइनर’को सम्मानमा बनाइएका भित्तेचित्र महानगरले मेटाएपछी त्यसकफ व्यापक आलोचना भएको थियो ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया