अजबैजान विमान दुर्घटना: अनुसन्धान जारी, बिहीबार राष्ट्रिय शोकको घोषणा

काठमाडौँ - अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको रूसको दक्षिणी षेत्र चेचन्याको ग्रोज्नी शहरका लागि उडेको एम्ब्रेयर १९० विमान काजकिस्तानको अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ, तर केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेको हुन सक्ने बताएका छन् ।
रूसी अधिकारीले घटनाबारे ‘अड्कलबाजी’ भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीले अनुसन्धानको अन्त्यसम्म पर्खनु आवश्यक छ ।”
काजकिस्तानका सभामुख माउलेन आशिम्बायेभलाई उद्धृत गर्दै रूसी समाचार संस्था (तास) ले विमानमा के कारणले क्षति पुगेको हो भनेर एकीन भइनसकेको उल्लेख गरेको छ ।
“विशेषज्ञहरूले यी सबै घटनाहरूको अनुसन्धान गरिरहेका छन् र छिट्टै आफ्नो निष्कर्ष निकाल्नेछन्। काजकिस्तान, रूस र अजरबैजानले पनि सूचना लुकाउन चाहेने छैनन्, यसलाई सार्वजनिक गरिनेछ,” उनले भने । ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_fwSu84Jc8h_hk7xomp2bqp0vvtkbflebhlek4gh4hmb6phydssrrqrvrz25mddkbkzvbah1.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया