तापक्रममा एक्कासि आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

काठमाडौँ - प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ ।
दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन् ।
खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्याधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।
अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मङ्गलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन् ।
“तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,” उनले भने । ।
गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई सङ्केत गर्दै उनले भने, “उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू बिरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।”

कमिलाको तस्करी गर्न खोज्नेलाई सात हजार डलर जरिवाना
भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्…

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

प्रतिक्रिया