विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड

काठमाडौँ - सांसदहरुले विद्युत् क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । आज संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८०माथि संशोधनकर्तासँगको छलफलको क्रममा उनीहरुले विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले यस क्षेत्रलाई बढी चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।
संशोधनकर्ता गोकुल बाँस्कोटाले विद्युत् क्षेत्रमा स्वदेशी लगानीलाई प्रवर्द्धन गर्दै अझै बढी गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिए । “विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार हो, यस क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता बढाउने गरी विधेयक संशोधन गर्न आवश्यक छ,” उनले भने । अर्का संशोधनकर्ता दामोदर पौडेल बैरागीले विद्युत् विकासमा स्थानीय तहको क्षमता बलियो बनाउने नीति आवश्यक रहेको बताए ।
अर्का संशोधनकर्ता रोशन कार्कीले विद्युत् क्षेत्रको विकासमा निजी लगानी आकर्षण गर्ने नीति लिन आवश्यक रहेको बताए । संशोधनकर्ता दीपा शर्माले नेपाल जलस्रोतको धनी मूलुक भए पनि आवश्यकता अनुसार विद्युत् उत्पादन हुन नसकेकाले विद्युत् उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया