जनयुद्धलाई अपमानित नगर्न विप्लवको चेतावनी

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका छन् ।
माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले जनयुद्धका कारण मुलुकमा परिवर्तन सम्भव भएपनि अहिले संसद, अदालत सबैतिरबाट जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका हुन् ।
नेपालमा महिला लगायत पछि परेका समुदायलाई जनयुद्ध कै कारण बोल्ने ठाँउमा पुर्याएको भन्दै विप्लवले जनयुद्धलाई कसैले अपमानित गर्न नपाइने जिकिर गरे ।
उनले माओवादीका धारहरूबीच एकता गर्न आफू तयार रहेको बताए । आफूहरूले ८ महिनाअघि एकताको प्रस्ताव पठाएपनि माओवादी केन्द्रले गम्भीर भएर छलफल नगरेको उनले बताए । उनले तत्काल एकता हुन नसके कम्युनिष्ट, माओवादी र समाजवादीबीचको मोर्चा आवश्यक रहेको धारणा राखे ।
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवादी क्रान्तिको दिशा तय गर्दै माओवादीभित्र पुनर्गठनको आवश्यकता रहेको बताए । पार्टीभित्र बैचारिक बहस भन्दा गठबन्धनको बहसले प्राथमिकता पाउन थालेकाले बैचारिक बहसका माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । वैचारिक बहसमा स्पष्ट हुँदै कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन गर्नुपर्ने शर्माको भनाइ छ ।
उनले माओले चिनियाँ क्रान्तिबाट दिएको शिक्षाबाट सिकेर नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउन कम्युनिस्ट घटकहरू संकल्पित हुनुपर्नेमा जोड दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया