मन्त्रालयका सेवाहरू सातवटै प्रदेशमा विस्तार गरिने - मन्त्री पाण्डे

काठमाडौँ - संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरू सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सबलीकरणमा लागिरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिरहेको बताए ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सात वटै प्रदेशमा विस्तार गरी संघीयता सबलीकरणका लागि लागिपरेको उनले बताए ।
उनले लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सूचीकृत गरेको स्मरण गर्दै भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेष्कोको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको जानकारी दिए । ६ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक एयरक्राप्टमा समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत जानकारी दिए ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया