मिडिया क्षेत्रलाई मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गरेका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार महासङ्घका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना दिनु हुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले लोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रूपमा पत्रकारिता रहेको हुँदा पत्रकार स्वयम् राजनीतिकरणबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । “पत्रकार राजनीतिकरणबाट मुक्त हुनुपर्छ,” उनले भने , “र स्वव्यवस्थित हुनेमा पनि जोड दिनुपर्छ ।”
पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन मिडिया विधेयक बन्ने क्रममा रहेको मन्त्री गुरुङले जानकारी दिए । पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएको औंल्याउनुहुँदै यसलाई व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताए ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाई दिनुहुँदै मन्त्रालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सूचना तथा प्रशासर विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारिताको हितमा सधैँ सकरात्मक रहेको बताए ।
महासङ्घका नव निर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौतीहरू हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैँ पत्रकार महासङ्घ उभिएको बताए । पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेसागत चुनौती र शारिरीक एवम् मानसिक समस्याहरू रहेको उनले सुनाए । समय अनुसार न्युमिडियामा दक्ष पत्रकार जन्माउन प्रशिक्षणको आवश्यक भएको बताउनुहुँदै उहाँले पत्रकार महासङ्घ पत्रकारका हितमा योजनाबद्ध ढङ्गले कार्य थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया