हिरोइनले पाउने पैसामा सोनम कपुर पनि असन्तुष्ट

मुम्बई : हिरो र हिरोइनले पाउने पैसामा विश्वभरकै उद्योगमा बहस छेडिएको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा हिरोइनले विद्रोह गरिरहन्छन् ।
बलिउडमा अझ यो ग्याब धेरै छ । सँगैमा हिरोले १२÷१३ करोड लिँदा हिरोइनले १ करोड पनि पाउँदैनन् । जब हिरोइनले हिरो बराबर पैसा माग्छन्, भाउ खोजेको अर्थ लगाइन्छ ।अघिल्लो हप्ता एउटा फिल्मका लागि करिना कपुरले १२ करोड मागेपछि बलिउडमा तरंग नै आएको थियो ।
केहीले करिनाले उनले त्यत्रोविधि पैसा माग्न नसुहाउने बताइरहँदा तापसी पन्नू जस्ता अभिनेत्रीले करिनाको समर्थन गरेका थिए । यही सोच अभिनेत्री सोनम कपुरले पनि अभिव्यक्त गरेकी छिन् । उनले पनि हिरोको तुलनामा हिरोइनले अत्ति कम पैसा पाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
भारतीय पत्रिका मिड डेसँगको अन्तर्वार्तामा उनको भनाइ थियो, ‘हिरो–हिरोइनको पैसामा यत्ति धेरै ग्याप हुनु हास्यास्पद हो ।’ उनको थप तर्क थियो, ‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ।’
विवाह गरेर ज्यादाजसो समय श्रीमान्सँग लन्डनमा बस्दै आएकी सोनमले सुजय घोषको निर्देशन रहेको ‘ब्लाइन्ड’मा काम गरेकी छिन् । यो फिल्ममा सोनम अनुसन्धान प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् । भर्खरै मात्र यो फिल्मको सुटिङ सकिएको छ । सोनमले आफ्नै प्रडक्सन हाउसबाट सिनेमा पनि बनाइरहेकी छिन् । ‘वीरे दि वेडिङ’ सोनमको प्रडक्सनले बनाएको पछिल्लो फिल्म हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया