ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टचारको अभियोग

ताइपेई - ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथि भ्रष्टाचारको आरोप लागेको हो ।
कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दाबेदार वेन माथि बिहीवार भ्रष्टाचारको अभियोग लगाइएको छ ।
६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तीयबारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ ।
अभियोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन ।
भ्रष्टाचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यस अभियोगबाट निराश भएका छन ।

कमिलाको तस्करी गर्न खोज्नेलाई सात हजार डलर जरिवाना
भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्…

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

प्रतिक्रिया