एमाले कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौँ : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्य सुरेन्द्र पाण्डेका अनुसार दिउँसो बस्ने बैठकपछि मात्रै एकता टुंगोमा पुग्ने वा नपुग्ने भन्ने विषयको निक्र्योल हुनेछ । यसअघि सोमबार बसेको बैठक सकारात्मक भएपनि सहमति भइसकेको छैन । कार्यदलमा माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डेय, घनश्याम भुसाल, रघजुी पन्त लगायत नेताहरु छन् । यस्तै ओली समूहबाट सुवास नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहले भने सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरुद्ध दर्ता गरिएको रिटमा हस्ताक्षर फिर्ता लिनुपर्ने माग गर्दै आएको छ । तर माधव नेपाल पक्ष भने जेठ २ को सहमतिमा फर्किने भएपछि मात्रै एकता सम्भव रहेको बताउँदै आएको छ ।
सोही कारण उत्पन्न विवाद मिलाउन ओली र माधव नेपाल दुवैले कार्यदल बनाएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया