भीम रावल एमालेबाट निष्कासित, बिन्दा र उषा किरणको जिम्मेवारी खोसियो

काठमाडौँ - नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्कासन गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरू पार्टी विपरीत गरेको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले बताए ।
त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको कामकारबाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुँदै गएको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया