क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष–२०२५’ को शुभारम्भ

पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष–२०२५’को शुभारम्भ गरेका छन् । पाप, ऋण र विश्वव्यापी क्षमाको बिशेष बर्ष मानिने ‘जुबली बर्ष’ मा दास र कैँदीहरूलाई मुक्त गरिनुका साथै ऋण माफी गर्ने क्रिस्चियन समुदाय वा मुलुकहरूमा प्रचलन रहेको छ । उनीहरूले यो बर्षलाई परमेश्वरको कृपा हुने बिशेष बर्षको रूपमा विश्वास गर्छन् ।
हालै रुघाखोकीबाट पीडित ८८ वर्षीय पोपलाई ह्वीलचेयरमा राखी काँसको विशाल ढोकासम्म पुर्याइएपछि उहाँले ढोका ढक्ढक्याउनुभएको र ढोका खुलेको थियो । ढोका खोल्नुलाई पाप वा ऋणबाट मोक्ष पाउने कुरासँग जोडेर पनि हेर्ने गरिन्छ । सेन्ट पिटर्स स्क्वायरको बाहिर क्षेत्रमा हजारौँ विश्वासीहरूले ‘स्क्रिन’मा हेरेको समारोहमा अर्जेन्टिनी धर्मगुरु ढोकाबाट छिर्नुभयो, र जुलुसमा सहभागी हुनुभयो त्यसपछि भ्याटिकन बेसिलिकाको घण्टी बज्यो।
अर्को १२ महिना क्याथोलिक तीर्थयात्रीहरू इटाको गेट (ढोका) हुँदै बाट आवतजावत गर्नेछन् । परम्परागत रूपमा काँसबाट बनेको ढोकाबाट छिर्नु वा छिर्र्न पाउनुलाई धार्मिक रूपमा विशेष लाभान्वित हुने विशेष अवसर (उनीहरूको पापबाट क्षमा) पाउने अवसरका रूपमा हेरिन्छ ।
पवित्र प्रदर्शनपछि पोप फ्रान्सिसले सेन्ट पिटर्समा ‘क्रिसमस इभ’ सभाको अध्यक्षता गरेका छन् । सभामा उनले विश्वमा बर्षभरि भएका युद्धलाई सम्झँदै भन्नुभयो, “हामी युद्धमा मेशिनगनका आवाज र विस्फोटले त्रस्त समाजका साथै विद्यालय र अस्पतालहरूमा भएको आक्रमणप्रति दुःखी छौँ ।”
गाजामा इजरायलले गरेको आक्रमणको ‘क्रूरता’को निन्दा गरेका पोपप्रति इजरायली समुदायबाट आक्रोशित प्रतिक्रिया आएको थियो । उनले आफ्नो परम्परागत क्रिसमस डे आशीर्वाद, उर्बी एट ओर्बी (शहर र संसार) बिषयमा बुधबार मध्याह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको कार आक्रमणपछि भ्याटिकन र रोममा हुने जुबली समारोहका लागि करिब ७०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रोमको धेरै भागलाई क्रिसमसको तयारीको लागि सिँगारिएको छ ‘ट्रेभी फाउन्टेन र पोन्टे सेन्ट एन्जेलो’ जस्ता स्मारकहरू सफा गरिएको छ र यातायातको चापलाई व्यवस्थित गर्न सूचना जारी गरिएको छ । कुञ्जी जुबली परियोजनाहरू महिनौंको काम पछि पछिला केही दिन अघि मात्र समाप्त भएका थिए ।
बर्षभरी नै शहरको धेरै भागमा भवन तथा अन्य निर्माणका काम भएका छन् । भ्याटिकनको छेउमा रहेको पियाजा पियामा सोमबार नयाँ सडक सुरुङको उद्घाटन गर्दै प्रधानमन्त्री जियोर्जिया मेलोनीले यो परियोजना समयमै सम्पन्न गर्न ‘सानो नागरिक चमत्कार’ गरेको बताउनुभएको छ ।
आगामी केही दिनमा रोमका तीन प्रमुख बेसिलिका र विश्वभरका क्याथोलिक चर्चहरूमा पवित्र ढोकाहरू खोलिनेछन् । पोप फ्रान्सिसले बिहीबार रोमको रेबिबिया कारागारको पवित्र ढोका खोल्नुहुनेछ र कैदीहरूको समर्थनमा एक सामूहिक प्रार्थना सभाको अध्यक्षता गर्नुहुनेछ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_lBrCKXTaMV_iomirxeznoglpzgsgzuunddfgvb8hbzsrpmtrlladxkhk5c8qzbaexligzvs.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया