अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ : मन्त्री सिंह

काठमाडौँ- उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको बताएका छन् । बुधबार बहान रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रीसिंहले कोभिड पछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागि रहेको बताएका हन् ।
'कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ' मन्त्री सिंले भने 'अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।'
त्यस्तै पुस लाग्दै गर्दा विकास खर्च समयमा गर्न के छ प्रगति भन्ने प्रश्नमा मन्त्री सिंहले बजेटमा परेका योजना कार्यन्वयनमा लैजान विधि र प्रक्रिया अलि समय लाग्ने बताए ।
'बजेट पास भएपछि बजेटमा उल्लेखित विभिन्न योजना छ त्यसलाई कार्यन्वयनमा लैजान विभिन्न मन्त्रालयमा जान्छ । र, मन्त्रालयहरूबीचमा बजेटमा परेका योजना कार्यन्वयनमा लैजान विधि र प्रक्रिया अलि समय लाग्ने र डिपिआर तयार गर्नुपर्ने भएकाले सुरूका महिनामा अलि कम देखिन्छ । तर योजनाहरू कार्यान्वयन प्रोसेसमा जान्छ अनि खर्च पनि बढ्दै गएको देखिन्छ' मन्त्री सिंहले भने ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया