पुष्पाः २ ले क्रिसमस-नयाँ वर्ष सम्ममा 'बलिउड बक्स अफिस'का सबै रेकर्ड तोड्ने

मुम्बई- बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खानको फिल्म सधै चर्चामा रहन्छ । उनका फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गर्छन् । शाहरुख खान र सलमान खानको फिल्मले कमाईको हिसाबले बक्स अफिसमा धेरै रेकर्ड बनाएका छन् ।
तर अहिले अल्लु अर्जुनको फिल्म ‘पुष्पाः २’ ले अहिले बक्स अफिसमा यस्तो कीर्तिमान बनाएको छ, जसबाट दुवै खानका फिल्महरु पछाडी परेका छन् । हो, पुष्पा २ ले हिन्दीमा राम्रो कमाई गरेको छ ।
‘पुष्पा २’ हिन्दी भाषामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अल्लु अर्जुन र रश्मिका मन्दनाको यो फिल्मले हिन्दी भाषामा ७०० करोडभन्दा बढी कमाइसकेको छ । यति मात्र होइन, अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल अभिनीत यो फिल्म २०२४ को दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्नबाट केही कदम मात्र टाढा छ।
बितेका १९ दिनमा ‘पुष्पा २: द रुल’ले हिन्दी भाषामा ७०४.२५ करोड कमाएको छ । बाहुबलीः २ (हिन्दी), जवान, गदरः २ र एनिमल जस्ता ठूला फिल्महरूलाई पछि पार्दै यसले हिन्दी भाषामा सबैभन्दा ३ हप्तामा धेरै कमाई गरिसकेको छ ।
निर्माताले पुष्पाः २ को हिन्दी संस्करणमा करिब २०० करोड रुपैयाँ खर्च गरेका छन् । १९ दिनपछि लगानीकर्ताले ५०४.२५ करोड रुपैयाँ नाफा पाएका छन् । यसैबीच, क्रिसमस र नयाँ वर्षको बिदामा पनि पुष्पाः २ ले राम्रो आम्दानी गर्न सक्ने धेरै ट्रेड विश्लेषकको विश्वास छ ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया