२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

काठमाडौँ - यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा मनाउने निर्णय गरेको हो ।
आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको राषिट्रय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिति थियो ।
बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रमहरू आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थाहरूलाई आग्रह पनि गरेको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया