तमु ल्होसार धुमधामले मनाउने तयारी

काठमाडौँ - तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ ।
तमू ल्होसार मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा धुमधामका साथ तमु ल्होसार पर्व मनाउन लागेको जनाएको हो ।
तमू थातथलोको संरक्षण र सम्बद्र्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमूवानको आन्दोलन भन्ने मूलनारासहित काठमाडौंमा पुस १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
गुरुड वर्गको विदाई र सर्प वर्गको स्वागत गरी मनाइने ल्होसारका अवसरमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता आयोजना गरिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव राम बहादुर तमूले जानकारी दिए ।
लामा पुरोहितहरुद्धारा १४ गते रातको १२ बजेसम्म दुःख दोखलोका ग्रह दशा शान्ति गरी पुस १५ गते नयाँ विहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी मनाउने परम्परा रहेको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले जनाएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया