मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए । विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व हो भन्दै उपाध्यक्ष बरालले एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले सुशासनविरुद्ध काम गर्नेलाई कानुनको कठघरामा उभ्याउन सघाउनुपर्ने बताए ।
‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

मनहरी - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास-निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलले आज यहाँ आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए। उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया