बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर

नेपालगन्ज- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर भएका हुन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार नेपालगन्ज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ विपरित मापदण्ड नपुरयाइ उद्योग सञ्चालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रशान्त पोखरेले जनाए । सो उद्योगसँग चार लाख ५० हजार मागदावी राखिएको छ ।
प्रमुख पोखरेलका अनुसार अर्को मुद्दा वाई के ड्रिङ्किङ वाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर गरिएको थियो । त्यस्तै, गत कात्तिक २५ मा नेपालगन्ज १८ स्थित क्वालिटि चाउमिन उद्योगले लेबल नलगाई चाउमिनको बिक्रि वितरण गरेको पाईएकोले तत्काल खाद्य ऐन २०२३ अनुसार मुद्दा दर्ता भएको थियो ।
बाँके र बर्दिया जिल्लामा कार्यालयले निरिक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय संचालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्रि वितरण गर्ने गरिएको पाइएकोमा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ ।
सचेत गराउँदा पनि अटेरी गर्नेहरुलाई कानूनी कारवाही गरिने पोखरेलले बताए । उनले सो कार्यालयलाई दाना बजार र उद्योगको समेत अनुगमन गर्ने र दानामा मिसावट भए नभएको अनुगमन गरी कारवाही गर्ने अधिकार रहेको जनाए ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छः भीमप्रसाद आचार्य

कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!
_INHWNXryjv_fdkzzdtxzynpn9vv9gjc3yqloqlwywuv6njfws8ai9yq7b88uctbezl5aodu_ZPV8Xsk8CA_su9bu4hpwxvsby1trjscc8umvss7dsys7aq1dvxbcqwl2gxntzkbhf13avvz.png)
नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

प्रतिक्रिया