पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

ताप्लेजुङ- पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए ।
उनले भने, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।”
यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन्दा, आगन्तुकको सल्लाह र सुझावका आधारमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।
पाथीभरा क्षेत्र विकास समितिले पुराना र पुरातात्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने जनाएको छ । यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पिँढीलाई पाथीभरा र यहाँका पुरातात्विक वस्तुको महत्व बुझाउन मद्दत पुग्ने समितिको विश्वास छ ।
घण्टीको प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउनुका साथै धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने विश्वास लिइएको कार्यकारी निर्देशक हाङबाङले बताए । उनका अनुसार हाल पाथीभरामा करिब ५० क्विन्टलभन्दा बढी घण्टी छन् ।

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_3mWREYtpxu_n2bhrsyj87aptstx4dgwpxxzp1p0dghmcb4ryuwkowopdnt6kgyfifblrnys.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

प्रतिक्रिया