इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

जेरुसेलम : इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ ।
इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ ।
विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ ।
इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।
इजरायलको शिक्षा मन्त्रालय अन्तर्गतको चिनियाँ भाषा अध्यापन प्रमुख तामर कोहेन केहाटले सन् २००९ मा इजरायलका १० विद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए ।
अहिले भने देशभरका प्राथमिक, माध्यमिक र उच्च विद्यालय गरी ४० विद्यालयमा तीन हजार विद्यार्थीले अध्ययन गरिरहेको पनि उनले बताए ।
पछिल्लो दशक चीन र इजरायलबीचको सम्वन्ध पनि बलियो बन्दै गइरहेको छ भने त्यसको प्रत्यक्ष असर इजरायलमा चिनियाँ भाषा सिकाइमा पनि परेको छ ।
दुई देशका वीचमा पछिल्लो समय धेरै क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान भइरहेको कुटनीतिज्ञहरुले बताएका छन् । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया