नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर) को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत दुई सय २५ शान्ति सैनिक स्वदेश फर्केका छन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गर्नुभएको थियो । हाल सो मिसनमा एक हजार दुई सय ४४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया