चुरियामाई सुरुङमार्ग हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण

हेटौँडा - दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले हेटौँडा उपमहानगरका प्रमुख मिना लामालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गरे ।
हेटौँडा–१५मा अवस्थित चुरियामाई मन्दिर नजिकै रहेको उक्त सुरुङमार्गको जीर्णोद्धारपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्री अमनकुमार मास्केले जानकारी दिए । सुरुङमार्ग हस्तान्तरण भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गरिने उपमहानगर प्रमुख लामाले जानकारी दिए ।
बागमती प्रदेश सरकारले रु तीन करोड ६५ लाखको लागतमा सुरुङमार्गको जीर्णोद्धार गरेको हो । कूल दुई सय २५ मिटर लम्बाईको सुरुङको चौडाइ दुई दशमलव पाँच मिटर र उचाइ तीन मिटर रहेको छ ।
विसं २०७८ वैशाखमा सुरुङमार्ग मर्मत सुरु भएकामा २०८० को असोजमा सम्पन्न भएको थियो । जीर्णोद्धार भएको लामो समयसम्म पनि स्थानीय तहलाई हस्तान्तरण नहुँदा अवलोकनका लागि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाइसकेको छ । कार्यविधिमा सुरुङ अवलोकनका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १२०, पाँच वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु २० प्रवेश शुल्क लिने व्यवस्था गरिएको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया