'आत्महत्या रोकथाममा प्रभावकारी काम भएन'

सांसदहरूले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरुले आत्महत्या दर दिनहुँ बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।
साथै उनीहरुले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरि प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणी रिजालले वडास्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यास लगायतका कार्यक्रमहरु वडास्तरबाटै सञ्चालन भइरहेको उहाँले बताउनुभयो । मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनीकरण अभियान सुरु गरिसकेको उहाँको भनाइ छ ।
बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले सय बेडभन्दा बढिको अस्पतालमा अनिवार्य रुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उनीहरुले जानकारी दिए ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया