हल्ट प्राइज एट शंकर देव क्याम्पस सहित तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान शिविर सम्पन्न

काठमाडौँ- काठमाडौंको पुतलीसडक स्थित शंकर देव क्याम्पसमा गत शुक्रबार, रक्तदान शिविर सम्पन्न भएको छ । रक्तदान कार्यक्रम शिविर हल्ट प्राइज एट शंकर देव क्याम्पस, रेड क्रस सर्कल र स्वतन्त्र विद्यार्थी यूनियन (स्वोबियु)को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
उक्त रक्तदान शिविरमा करिब १५४ जना व्यक्तिहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यो प्रयासले रक्तको अभावलाई कम गर्न र समाजमा रगत दानको महत्त्वलाई प्रोत्साहन दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। रक्तदानको महत्वलाई सबैमा बुझाउन र रगतका अभावमा राहत पुर्याउन यो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियन (स्वोबियु)का सभापति सुशान्त सिङ बस्नेत, रेड क्रस सर्कलका अध्यक्ष समीर बस्नेत लगायत अन्य हल्ट प्राइजका सदस्यहरूको उपस्थिती थियो। उनीहरूले रक्तदानका महत्त्व र यसको समाजमा हुने सकारात्मक प्रभावको बारेमा सम्बोधन गरेका थिए।
शिविरमा उपस्थित सबैलाई धन्यवाद र आभार व्यक्त गर्दै, कार्यक्रमका आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरेर समाजमा राम्रो कार्य गर्ने प्रतिबद्धता जनाए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया