आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सम्पन्र, शैक्षिक सुधार र उत्कृष्टताको प्रतिबद्धता

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भव्य रूपमा मनाएको छ। विद्यालयको ५० वर्षे इतिहास र उपलब्धिलाई स्मरण गर्दै, विभिन्न सरोकारवालाले विद्यालयको शैक्षिक सुधार र भविष्यका योजनाहरूमा जोड दिएका छन्।

विद्यालयका प्रधानाध्यापक सुर्दशन खतिवडाले विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन सक्षम बनाएकोमा गर्व गर्दै, यसलाई नगरपालिकाको सर्वोत्कृष्ट विद्यालय बनाउन प्रतिबद्ध रहेको बताए। “हामीले आउने दुई वर्षभित्र यस विद्यालयलाई काठमाडौँका टप विद्यालयभन्दा उत्कृष्ट बनाउने लक्ष्य राखेका छौँ,” उनले भने।

सह प्रधानाध्यापक दिनेश कुमार सिग्देलले विद्यालयको लामो संघर्ष र उपलब्धिको चर्चा गर्दै आगामी दिनमा थप व्यवस्थित शिक्षा प्रदान गर्ने लक्ष्य व्यक्त गरे। “विद्यालयले विगतका चुनौती र संकटलाई पार गर्दै आज यो अवस्थामा आइपुगेको छ,” उनले भने। उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न अभिभावक, शिक्षक, र समुदायको सहकार्य अपरिहार्य रहेको धारणा राखे।

त्यस्तै भूतपूर्व विद्यार्थीका अध्यक्ष संकल्प ढकालले विद्यालयको सफलतामा शिक्षकहरूको भूमिकाको प्रशंसा गरे। “आज हाम्रो विद्यालय यहाँसम्म आइपुग्न शिक्षकमाथिको समर्पणको ठूलो योगदान छ,” उनले भने। ढकालले विद्यालयमा थप शैक्षिक, सांस्कृतिक, र खेलकुद कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

त्यस्तै बेलकोटगढी नगरपालिकाका उपनगरप्रमुख शिवप्रसाद दाहालले विद्यालयको संरचना र शैक्षिक सुधारका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको बताए।

नेपाली कांग्रेसका नेता जगदिश्रवर नरसिंह केसीले विद्यालयको शैक्षिक सुधारमा राजनीतिक हस्तक्षेप रोक्न आग्रह गर्दै विद्यालयलाई शैक्षिक उत्कृष्टताका नयाँ उचाइमा पु¥याउन सामुदायिक सहकार्य आवश्यक रहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाले स्वर्ण जयन्तीको अवसरमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको प्रगति र पारदर्शितामा प्रतिबद्ध रहने बताए। कार्यक्रममा विद्यालयका संरचना निर्माणका लागि जग्गा प्रदान गर्ने दुर्गाप्रसाद पुडासैनी र टिकाराम खतिवडालाई सम्मान गरिएको थियो।

स्वर्ण जयन्तीको अवसरमा सहभागी सरोकारवालाहरूले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न एकजुट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…