रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे- काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।
रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा लामा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । उनको निधनप्रति एमाले काभ्रेले दुःख व्यक्त गरेको छ ।
एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले एक विज्ञप्ति जारी गर्दै लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया