कांग्रेसको सय दिने विशेष अभियानमा सिंहले भने- काठमाडौँवासीको पिरमर्का र समस्या समाधानमा लागौँ

काठमाडौँ- उपप्रधान एवम् शहरी विकासमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशिल सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौँ महानगर समितिले क्षेत्रपार्टीमा आयोजना गरेको महागरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मूल चुनौति रहेको पनि बताए । 'अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,' उनले भने 'क्रियाशिल सदस्यको संख्या धेरै छ । तर, क्रियाशिल सदस्यहरूलाई सदस्यताको महत्व बुझाउन नसकेको हो कि ? अब बुझाउनुपर्यो ।'
हरेक क्रियाशिल सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको र जनताको पटक पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशिल सदस्यता सामान्य विषय नभएको पनि उनले बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
काठमाडौँ महानगर समितिले काठमाडौँवासीले भोगेका पिरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गरे । एक सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिए ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया