आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

चिनियाँ रक्षामन्त्री वेइले भेटे राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौँ : ८ घण्टे नेपाल भ्रमणमा आएका चीनका स्टेट काउन्सिल सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका वेइले त्यसपछि राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।
 


२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान आठघण्टे नेपाल यात्रामा आएका उनलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

त्यसपछि उनी नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेर नेपाली सेनाले दिएको सलामी ग्रहण गरे । जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरे । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच जंगी अड्डामा छलफल भयो । 

वेइ आइतबारै बंगलादेश तर्फ लाग्ने कार्यक्रम रहेको छ । उनको टोलीमा  जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् । चिनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै वेइले नेपाल र चीनका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका थिए । 


 

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस