भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने

काठमाडौँ- भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने भएको छ ।
आइसीसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले आइसीसीको निर्णयअनुसार तटस्थ स्थानमा हुने भारतका खेल युएईमा गर्ने निर्णय गरेको हो ।
जस अनुसार भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३, आइतबार हुने भएको छ । भारत र पाकिस्तान समुह 'ए'मा बंगलादेश र न्यूजिल्याण्ड रहेका छन् । त्यस्तै भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्ने भएको छ र न्यूजिल्याण्डसँग मार्च २ मा हुने भएको छ । यी सबै खेल युएईमा हुने बताइएको छ ।
आसीसीले पाकिस्तानले भारत क्रिकेट खेल्न पाकिस्तान नजाने अडान लिएपछि भारतले खेल्ने खेलहरू तटस्थ स्थानमा हुने र बाँकी खेलहरू पाकिस्तानमै हुने निर्णय गरेको थियो । सो निर्णयअनुसार आइसीसीले आयोजकको हैसियतमा तटस्थ स्थानको तय गर्ने अधिकार पाकिस्तानलाई नै दिएको थियो ।
एकदिवसीय फर्म्याटमा हुने च्याम्पियन्स ट्रफीको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । फेब्रुअरी १९ देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले न्यूजील्याण्डको सामना गर्दै छ ।
च्याम्पियन्स ट्रफीको समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्याण्ड र दक्षिण अफ्रिका रहेका छन् ।
योसँगै भारत सेमिफाइनल र फाइनलमा पुगेमा दुवै खेल युएईमा नै हुने भएको छ ।
दुवै समुहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल खेलहरू मार्च ४ र ५ मा हुने छन् भने फाइनल खेल मार्च ९ मा हुने छ ।
आइसीसी च्याम्पियन्स ट्रफी यसअघि आठ पटक सम्पन्न भएको छ । जसमा अहिलेसम्म अस्ट्रेलिया र भारतले २-२ पटक जितेका छन् । भारत र श्रीलंका २००२ मा संयुक्त विजेता बनेका थिए । त्यस्तै न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक-एक पटक जितेका छन् । त्यसैगरी अफगानिस्तान भने पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दै छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया