आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

आइटी क्षेत्रमा भविश्य खोज्दै लगानी भित्र्याउने ‘आयोयुजर’को तयारी

काठमाडौं  - नेपाली राइड सेयरिङ एप (ayo user) कम्पनीले सूचना प्रविधि (आइटी) क्षेत्रमा भविष्य खोज्दै लगानी भित्र्याउने तयारी गरेको छ । भरोसा नेटवर्क प्रालिद्धारा सञ्चालित नेपाली राइड सेयरिङ आयोयुजर मार्फत नेपालीलाई नै रोजगारी र सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीले अमेरिकी एक कम्पनीमार्फत पुँजीवादी उद्यम अन्तर्गत ४ मिलियन अमेरिकी डलर लगानी भित्र्याउन लागेको दाबी गरेको हो ।  

‘सूचना प्रविधि (आइटी) को क्षेत्रमा धेरै सफ्टवेयरहरू बजारमा आइरहेका छन् ।  यही क्रममा हामीले पनि आइटी क्षेत्रमै सेवा सुरु गरेका हौं’, भरोसा नेटवर्क प्रालिका एक सञ्चालक भुलन लाखेले भने–  ‘नेपालमा मेहनत गर्दा आइटी क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ लगानी गरेको थियौं, अहिले प्रतिफल प्राप्त हुन थालेको छ ।’ 

सन २०१८ देखि सुरु गरेको यो कम्पनीले राइड सेयरिङ आयोयुजर एप सञ्चालनमा ल्याएको साढे चार वर्ष भएको छ । यसबीचमा धेरै समस्याहरू आएपनि अहिले आएर भरोसा नेटवर्क प्रालिमार्फत सञ्चालन भइरहेको कम्पनी आयोयुजरलाई अमेरिकी एक कम्पनीले पुँजीवादी उद्यम अन्तर्गत करिब चार मिलियन अमेरिकी डलर लगानी गर्न लागेको लाखेले दाबी गरे । उक्त लगानीका सन्दर्भमा सैद्धान्तिक सहमति भइसकेको र केही समयमै सम्झौता हुने उनको विश्वास छ । 

‘उक्त लगानीलाई राइडरहरुको जीवनस्तर उकास्ने प्रयोजनका लागि र उनीहरूलाई थप सुविधा के कसरी दिन सकिन्छ, त्यसमा खर्च गर्नेगरी छलफल अघि बढाएका छौं’, लाखेले भने । साथै आफ्नै सफ्टवेयरलाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई सरल र सुलभ रूपमा सेवा प्रवाह गर्ने सोच बनाएको कम्पनीले जनाएको छ । अरु कम्पनीहरूलाई पनि आइटी क्षेत्रमै लगानी गरेर नागरिक सेवासँगै राम्रो आम्दानीको श्रोत बनाउन सकिने भरोसा नेटवर्क प्रालिले विश्वास व्यक्त गरेको छ । आइटी क्षेत्रमा काम गरिरहेका सेवामुलक नेपाली कम्पनीमा विदेशी कम्पनीहरूलाई  लगानी गर्ने वातावरण बनाएर रकम भित्र्याउने र देशमै रोजगारीका अवसरहरू सृजना गर्न सके दक्ष जनशक्ति विदेशिनु नपर्ने सूचना प्रविधि क्षेत्रका विज्ञहरूले बताएका छन् ।  

राइड सेयरिङमा विदेशी कम्पनीहरुको बर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगोरुपमा सञ्चालनमा आउन चुनौती भइरहेको अवस्थामा भरोसाले नेपालीहरूकै लागी सेवा दिएर बजारमा सकारात्मक सन्देश दिन खोजेको जनाएको छ । सो एपमा अहिले करिब ३ हजार राइडर आबद्ध भएकोमा १०० राइडरहरुले नियमित सेवा दिइरहेको कम्पनीको दावी छ ।  

यस कम्पनीले बेरोजगार युवा युवतिलाई सुलभ शुल्कमा दैनिक मोटरसाइकल तथा स्कुटर उपलब्ध गराएर आयो राइडरमार्फत स्वरोजगार बन्न चाहानेहरुलाई सहयोग समे गर्दै आएको छ । उक्त एप एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न मोटरसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीको दाबी छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…