एक महिला माथि बलात्कार गरेको भन्दै ५१ जना दोषी ठहर, सबैलाइ जेल सजाय

काठमाडौँ - तपाईंलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए ।
अहिले अदालतमा सजाय सुनाउने क्रम जारी रहेको छ । सो क्रममा उनका श्रीमानलाई २० वर्षको आजीवन कारावास सजाय सुनाइसकेको छ भने ती महिला माथि बलात्कार गर्ने थप ५१ जनालाई पन अदालतले सजाय सुनाएको छ । अदालतले क्रमशः सजाय सुनाएकाले संख्या थपिन सक्ने फ्रान्सेली मिडियाले जनाएका छन ।
त्यसो त उनका श्रीमानले आफ्नो अपराध प्रति पछुतो मान्दै अदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका थिए र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँ रूदैँ माफी पनि मागिरहेका थिए । तर, अहिले अदालतले श्रीमान डोमिनिक पेलिकोटलाई सजाय दिइसकेको छ । अदालतले फैसाला सुनाएसँगै अब उनी २० वर्षको आजीवन कारावासको सजायमा गएका छन्।
डोमिनिक पेलिकोटले आफ्नी पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुष लगाएर बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका थिए तर अदालतले उनलाई माफी दिएन ।
गत सोमबार डोमिनिकले आफ्नो परिवारसँग माफी गर्न आग्रह गरेका थिए । र, परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका थिए।
तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको
सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।
खासमा पति पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउँथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् ।
उनले भनेका थिइन, ‘श्रीमानले घटना घट्नु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’
अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथि भएको दुर्व्यवहार बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाई माफी होइन, आजीवन कारावासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका थिए । तर, अहिले फैसला भएको छ ।
दोषी ठहरिएका ७२ वर्षीय डोमिनिक पेलिकोटले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । दोषीले आफूले कसैलाई पनि भ्रममा नराखेको स्वीकार गरेका छन् । जससँग सम्झौता भएको थियो, उनीहरू सबैलाई थाहा थियो के भइरहेको थियो। मुद्दाको सुनुवाइका क्रममा आरोपीले पटकपटक बलात्कार गरेको स्वीकार गरेका थिए ।
महिलालाई बलात्कार गर्नेहरू फ्रान्सका विभिन्न क्षेत्रका थिए । तिनीहरूमा सिपाही, चालक, सुरक्षा गार्ड, फायर फाइटर, पत्रकारहरू पनि थिए। त्यहाँ केही मानिसहरू थिए, जसको उमेर २२ वर्षका पनि थिए, धेरै अभियुक्तहरू त ७० वर्ष आसपासका थिए।
यो कुरा पहिलो पटक सन् २०२० मा बाहिर आएको थियो । दोषी डोमिनिक ती महिलाको आपत्तिजनक भिडियो बनाउँदै गर्दा पक्राउ परेका थिए ।
अदालतको फैसलापछि दक्षिणी फ्रान्सेली सहर एभिग्नोनमा धेरै मानिस भेला भएका थिए । पीडितको पक्षमा अदालतको फैसलाको धेरैले प्रशंसा गरेका छन् । सो निर्णयप्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएका छन् ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया