ब्राजिलमा टक र बस ठोक्किदा २२ जनाको मृत्यु

ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।
नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ ।
मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो। बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।
जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा सवार तीनै जना भने सकुशल रहेका छन् ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया