स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक

शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।
विश्व ध्यान दिवसको अवसरमा कैलाशकुट सामाजिक अभियानले आज काठमाडौंको हाँडिगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापन सम्वन्धी जनचेतना अभिबृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा. सरोजप्रसाद ओझाले बताए।
स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको उनले बताए । स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै डा. ओझाले शारीरलाई सक्रिय र मनलाई शान्त राख्नु पर्ने बताए।
डा. ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको जोड दिए । मनोचिकित्सक डा. सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभावम पार्ने विषयमा संयम अपनाउन सुझाव दिदै तनावको बेवास्ता नगरी छिटो व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताए ।
काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ्य महत्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
कैलाशकुट सामाकि अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्नेभन्दा रोगै लाग्न नदिनग स्वास्थ्यसम्वन्धी चेतनामूलक कार्यकक्रमा जोड दिइएको बताए ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया