बागमती प्रदेश : कहाँ-कहाँ संचालन हुँदैछ विद्युतीय बस ?

हेटौंडा : २०८५ सम्म पेट्रोलमा निर्भर यातायातलाई क्रमश विस्थापन गर्दै जाने नीति अनुसार बागमती प्रदेशसले पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्दैछ । आगामी साउन महिनामा प्रदेश सरकारले बस खरिदको लागि टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।
विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले २ वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले पहिलो चरणमा १० मिटरदेखि १०.५ मिटरसम्मको सिटी बस र ८.५ देखि ९ मिटरसम्मको सिटी बस खरिद गर्ने भएको हो । २० वटा सिटी बस र १० वटा कोच बस खरिदको टेन्डर गर्ने तयारी अन्तिम चरणमो भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजीव बरालले जानकारी बताए ।
बागमती प्रदेशको मुख्य शहरहरुमा विद्युतीय बसहरू संचालन हुनेछ । पहिलो चरणमा खरिद गर्ने ३० वटा विद्युतीय बसहरू आगामी ०७९ सालको जेष्ठ महिनासम्म आइपुग्नेछ । २० वटा सिटी बसमध्ये चितवनको भरतपुर–मनहरी–हेटौंडासम्मको रुटमा ८ वटा बस चल्नेछ ।
त्यस्तै काठमाडौँ चक्रपथमा १२ वटा सिटी बस चल्नेछ । यता कोच बस भने काभ्रेको धुलिखेल–काठमाडौँ–भरतपुर हुँदै हेटौंडासम्मको रुटमा दुई वटा मात्र चल्नेछ । धुलिखेल–काठमाडौं–भरतपुरसम्मको रुटमा ४ वटा कोच बस, काठमाडौ–गल्छी–बिदुर बसपार्कसम्मको रुटमा ४ वटा कोच बस संचालन गर्ने तयारी प्रदेश सरकारको छ ।
प्रदेश सरकारले विद्युतीय बसलाई चार्जिङ गर्न १५ वटा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । साउनमा टेन्डर भएसँगै १५ वटा विद्युतीय सवारी चार्जिङ मेशिन यही वर्षको फागुनसम्म आइपुग्ने सचिव संजीव बरालले बताए । हालसम्म चार्जिङ स्टेशन राख्न १२ स्थानमा सहमति भएको छ ।
प्रदेश सरकारले उपत्यकाको गोंगबु नयाँ बसपार्कमा २ वटा, चक्रपथमा ३ वटा, धुलिखेल बसपार्कमा १, गजुरीमा १, विदुर बट्टाइ बसपार्कमा १, भरतपुर बसपार्कमा १ र हेटौंडाको २ स्थानमा चार्जिङ स्टेशन राख्न सहमति प्राप्त भएको जनाइएको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेशलाई १० वटा भेइकल चार्जर दिने भएको छ ।
आगामी आर्थिक वर्षमा दोस्रो चरण अन्तर्गत प्रदेश सरकारले थप ५० वटा विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ । आगामी वर्षमा सरकारले ५० करोड बजेट विद्युतीय सवारी खरिद गर्न विनियोजन गरेको छ ।
दोस्रो चरणमा प्रदेश सरकारले काठमाडौँको चक्रपथमा १४ वटा सिटी बस, धुलिखेल–कोटेश्वर–जमल–महाराजगंज–चाहबिल–धुलेखल दुईतर्फी २० वटा थप सिटी बस संचालन गर्नेछ । धुलिखेल– धादिङ बेशिमा २ वटा, धुलिखेल–काठमाडौँ–भण्डारा रुटमा २ वटा, हेटौंडा–गल्छी–विदुरसम्मको रुटमा २ वटा, धादिङबेसीदेखि भरतपुरसम्म २ वटा, गोंगबु बसपार्क देखि बाह्बिसेसम्म २ वटा थप कोच बस संचालन गर्ने योजना रहेको छ ।
आर्थिक वर्ष ०८०/८१ भित्रै बागमती प्रदेश सरकारले तेस्रो चरणमा काठमाडौँको चक्रपथमा ४ वटा सिटी बस, धुलिखेल–कोटेश्वर–जमल–महाराजगंज–चाहबिल–धुलिखेल दुईतर्फी १० वटा, गोदावरी–बल्खु–जमल दुई तर्फी १६ वटा, दक्षिणकाली–बल्खु–जमल दुईतर्फी १६ वटा र पर्यटकीय सेवाको लागि भक्तपुर–मध्यपुर–पशुपति–स्वयम्भू–पाटनमा ८ वटा सिटी बस थप्ने योजना बनाएको छ ।
यसैगरी गोंगबु बसपार्कदेखि बास्रबिसेसम्म थप ४ वटा कोच बस थपिनेछ । गोंगबु बसपार्कदेखि चौतारासम्म ४ वटा, सिन्धुली–हेटौंडा–भरतपुरसम्म २ वटा र काठमाडौँ–चरिकोट–मन्थली–खुर्कोटसम्म ४ वटा विद्युतीय कोच बस थप गर्ने रणनीकि योजना प्रदेश सरकारले लिएको छ ।
प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्ड मार्फत सरकारले विद्युतीय बसलाई नियमन गर्ने भएको हो । बोर्डको ऐन भने बन्न बाँकी रहेको छ । बोर्डको ऐनको मस्यौदा चालू असार मसान्तसम्म निर्माण हुने सचिव बरालले जानकारी दिए । बस संचालन तथा कार्यविधि, मानव संसधान व्यवस्थापन नियमावली (डाइभर तथा साहायक भर्ना कार्यविधि), मर्मत सम्भार कार्यविधि र वित्तिय साझेदारी कार्यविधि भने निर्माण हुन बाँकी छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया